प्रदेश २ः यी दुईटा स्थानीय तहको ९ वटा गाउँ शील !
यसको लागि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली पहरा दिने भएको छ ।

२०७७ बैशाख ३ बुधबार, दिउँसो २:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को १२ स्थानलाई शील गर्ने योजनामा रहेको प्रदेश सरकारले आज (बुधबार) २ गाउँलाई शील गर्ने भएको छ ।
गएराती प्रदेश नं. २ को सप्तरीको दुई जनामा रयापिट टेस्टको क्रममा एन्टीबडी पोजिटिभ देखिएपछि दुईटा स्थानीय तहको दुई वटा गाउँलाई पूर्णतः शील गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।
आज (बुधबार) बसेको सुरक्षा समितिको बैठकबाट सप्तरीको खडक नगरपालिकाको एउटा गाउँ र तिलाठी कोइलाडी गाउँपालिकाको अर्को गाउँ शील गर्ने निर्णय गरिएको हो ।
सो क्रममा खडक नगरपालिकाको वडा नं. ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ लाई शील गर्ने भएको छ । त्यसपछि त्यो वडाका आम नागरिकहरु बाहिर निस्कन पाउने छैन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार भारतसँगको सीमासँग रहेको सप्तरीको ती दुई गाउँलाई शील गर्ने निर्णय अवस्था हेरी गरिएको बताउनुभयो ।
.jpg)
तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ का टोलहरु बनिनियाँ, सकरपूरा, मधेपुरा, मनसापुर, सरिपार टोललाई पूर्णत शील गर्ने निर्णय गरिएको हो ।
यसका साथै खडक नगरपालिकाको वडा नं. ११ को पुरै टोललाई शील गर्ने भएको छ । टोलहरुमा लालपुर, ननकार, बनौली, गोरहिया टोललाई पूर्ण शील गर्ने निर्ण गरिएको हो ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा सिडिओ खनालले एन्टीबडी पोजेटिभ आएकाहरुको पारिवारका सदस्यको पनि टेष्ट गर्ने निर्णय गरिएको हो ।
यसका साथै, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय समेत गरिएको छ । उनीहरुको सम्पर्कलाई डिभाइस मार्फत ट्रयासिँग गर्दै टेस्ट गरिने जनाइएको छ ।
दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्यापिड टेष्ट गराएको थियो ।
उनीहरुमध्ये २ जनामा रयापिट टेस्टको क्रममा सँकेत पोजिटिभ देखिएको हो भने बाँकी ५ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
गाउँलाई शील गरी घर–घर चेकअप, स्वाब परिक्षणको नमुना सँकलन तथा चेकजाँच गर्ने भएको छ । यसको लागि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली पहरा दिने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…