'नयाँ वर्ष' र यसको विषेशता
भगवान शीतलालाई शीतल बनाईराख्नुपर्छ भन्ने मान्यता पनि हो ।
२०७७ बैशाख २ मंगलबार, बेलुकी ६:२६ बजे३ मिनेट पढाइ

भगवान शीतलालाई शीतल बनाईराख्नुपर्छ भन्ने मान्यता पनि हो ।
२०७७ बैशाख २ मंगलबार, बेलुकी ६:२६ बजे३ मिनेट पढाइ

वि.स.२०७७ सालको नयाँ वर्ष तथा सिर्वा पावैनको अवसरमा हार्दिक मंगलमय शुभकामना । नेपाली पात्रो अनुसार वि.सं.२०७७ सालको शुरुवात भयो ।
अंगे्रजी पात्रो अनुसार २०२० ए.डि. चलिरहेको छ । वि.सं. र ए.डि.को के सम्बन्ध रहेकोछ भनेर कौतुहलता लाग्नु स्वाभाविकै हो ।
ए.डि.भन्नाले एनो डोमनी र वि.सी.भन्नाले विफोर क्राइस्ट बुझिन्छ । ५७ वि.सी.मा आएर विक्रम सम्बतको शुरुवात भएको हो । तसर्थ ए.डी भन्दा वि.स.५७ वर्ष अगाडि रहेको छ ।
भारतका पराक्रमी राजा विक्रम आदित्यले अर्काशक्तिशाली राजा शंक राजालाई हराएपछि विक्रम सम्बत शुरु गरेका हुन् । यो नवौ शताब्दीमा आएर निकै प्रचलित भए । यो पात्रो हिन्दु,बौद्ध र जैन धर्मालम्बीहरुले विशेष मान्यताको साथ निरन्तरता दिदै आएर आज वि.सं.२०७७ साल आएको हो ।
विक्रम संवतलाई नेपाल,भारत वंगलादेश तथा पाकिस्तानमा पनि धुमधाम संग मनाइन्छ । वैषाख १ गते नयाँ वर्षको शुरुवात भएको दिनको रुपमा लिइन्छ ।
यसलाई र्सिवा पावैन पनि भन्ने गरिन्छ । र्सिवापावैनमा जुर शीतल मनाईन्छ । विहानै स्नान गरी आफुभन्दा सानालाई टाउको पानी हाली आर्शीवाद दिने गरिन्छ भने आफूभन्दा ठुलालाई खुट्टामा पानी दिई आर्शीवाद लिइन्छ ।
जुरशीतल सम्बन्धि एक किंवदन्ती रहेको छ । जसअनुसार परापूर्वकालमा सरुवा रोग जस्तै दादुरा, विफर जस्ता रोगहरु माहामारीको रुपमा हुनेगर्थे । यो रोग सरसफाईको कमी तथा व्यक्तिगत सरसफाईको कमीले एक व्यतिmबाट अर्को व्यक्तिमा सर्नेभएकोले सरसफाईमा ध्यान दिईनुपर्छ भन्ने मान्यताको साथ शुरुभएको हो ।
भगवान शीतलालाई शीतल बनाईराख्नुपर्छ भन्ने मान्यता पनि हो । हाल यो रोगको भ्याक्सिनहरु पत्ता लागिसकेकोले निकै नै कम भएको छ ।
यो दिन बोटविरुवामा अनिवार्यरुपमा पानी हाल्ने,नयाँबोटविरुवा रोप्ने प्रचलन पनि रहेको छ । यसले विश्वमा दिनप्रतिदिन भइरहेको जलवायुपरिवर्तनलाई पनि सघाउ पुग्छ भन्ने विस्वास तथा मान्यता रहेको छ ।
चैत्रमा पकाएको परिकार वैषाखमा खाने चलन रहेको छ । यसको अर्थ आगामी दिनमा पनि यसैगरी मिठो मसिनो परिकार निरन्तररुपमा खाइरहन पाउन् भन्ने विस्वास रहेको छ ।
वैषाख १ गते सिरहाको शलहेश फूलवारी मेला र त्यसैगरी उदयपुरको रौता पोखरी, थानपोखरी मेला वैषाख २ गते देखि सिरहाको पताइल,पोखरीयागढ र सप्तरीको शम्भुनाथ मेला, सुन्सरी र मोरङमा १ महिनासम्म मेला लाग्ने गरेका छन् ।
प्रत्येक ठाउँको मेलाको आ–आफ्नै धार्मिक तथा सांस्कृति र ऐतिहासिक विशेषता रहेको छ ।
सिरहा जिल्लाको लहान नगरपालिका देखि ४ किलो मिटर पश्चिम शलहेश फूलवारी मेला धुमधाम लाग्ने गरेको पाइन्छ । ऐतिहासिक मान्यताअनुसार राजा शलहेश वि.सं.१३२५ का पराक्रमी शक्तिशाली राजा थिए ।
राजाले आफ्नो फूलवारीमा फूल टिपी सधैं पुजा आजा गर्नेगर्दथे । राजकुमारी मालिनीसंग खुव प्रेम गथ्र्यो तर आफ्नो जिवनकालमा उनीहरुको प्रेम सफल भएन । त्यसपछि सलहेशको विवाह बलाठका राजाकी छोरी सत्यावतीसंग भएको थियो ।
अन्तत राजकुमारी फूलको रुपमा एक दिन मात्र राजा शलहेश नजिक आउने वाचा गरे र यहि वाचा अनुरुप यस फूलवारीमा १ गतेको दिन मात्र राजा शलहेशको मन्दिर नजिकको रुखमा फूल फूल्ने गर्दछ ।
यसको वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको देखिन्छ । धर्मालम्बीहरु फूल टिपेर राजा शलहेशलाई चढाउने गर्दछ । यो महिमा सुनेर मेलामा टाढा टाढाका मानिसहरुको भिड हुने गर्दछन् ।
यो दिन धार्मिक मान्यता अनुसार भाकल गर्छन् र आफुले चिताएको मनोकामना पुरा भएपछि भाकल बुझाउने गर्दछन् । वषौदेखि मान्दैआएका यी महत्वपूर्ण मेला यसपाली फैलिएको विश्वव्यापी कोरानाको संक्रमणको माहामारीले गर्दा स्थगित गरिएको छ ।
यो पर्व बडो उल्लासका साथ मनाउने गरिन्छ । नेपालका विभिन्न ठाउँमा थारु तथा मधेसी समुदायका मानिसहरुले मनाउने गरेको पाइन्छ । जुर शीतल ठाउँ विशेष १ र २ गते मनाउने गरिन्छ ।
यसरी नयाँ वर्षको दिन मनाइने जुरशीतल र विभिन्न ठाउँमा लाग्ने मेलाहरुको एकआपसमा ऐतिहासिक तथा धार्मिक सम्बन्ध रहेको पाइन्छ ।
सुर्य नारायण चौधरी
उदयपुर
कार्यरतः कोशी हेल्थ इन्टीच्युट , विराटनगर
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
विचार / ब्लग
१७ मिनेट अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१३ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१६ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१६ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२१ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा२१ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…