लकडाउनको अवधि फेरी थपियो, अब कहिलेसम्म ?
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो ।

२०७७ बैशाख २ मंगलबार, दिउँसो ३:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारकाले नेपालमा लकडाउनको अवधि पुनः थप गरेको छ ।
आज (मँगलबार) बसेको मन्त्री परिषदको बैठकबाट लकडाउनको अवधि आगामी बैशाख १५ गतेसम्म अर्थात पुनः २ हप्तासम्म बढाउने निर्णय गरिएको हो ।
यस्तै, आउँदो बैशाखा १८ गतेसम्म हवाई उडान समेत स्थगित गर्ने निर्णय गरिएको हो । आन्तरिक (डोमेस्टिक) उडान अब बैशाख १८ सम्मको लागि स्थगित गरिएको छ ।
गत चैत्त ११ गतेदेखि सरकारले निरन्तर लगाएको लकडाउनको अवधि बढाउने यो चौथो पटक हो ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो ।
त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो ।
अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ ।
यता, छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…