मधेशको यी १२ स्थान पूर्णत शिल गर्ने सरकारको तयारी !
मन्त्री यादवले केही बेरमा ठाउँहरु शील गर्ने स्थानहरुको सूचि समेत सार्वजनिक गरिने बताउनुभएको छ ।
२०७७ बैशाख २ मंगलबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एक साताभित्रै ४ जनामा कोरोना सँक्रमणको पुष्टि भएपछि मधेशको १२ स्थानलाई पूर्णत शील गर्ने तयारी सरकारले गरेको छ ।
छिमेकी मुलुक भारतसँग सीमा रहेको नेपालको प्रदेश नं. २ को विभिन्न नाका सहित १२ वटा स्थानलाई शील गर्ने प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले प्रदेश नं. २ को ८ वटै जिल्लाको सबै नाका सहित थप ठाउँहरु समेत शील गर्ने तयारी रहेको बताउनुभएको छ ।
प्रदेश २ को पर्सा जिल्लाको वीरगँज र रौतहटको ईश्नाथ नगरपालिकामा भारतबाट आएकाहरुमा मात्र कोरोना पुष्टि भएपछि भारतसँग जोडिएको १२ स्थानलाई पूर्ण शील गर्ने तयारी गरिएको बताइएको छ ।
मन्त्री यादवका अनुसार, संक्रमित देखिएका व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राख्दै त्यहाँ उच्च निगरानी बढाएको छ ।
गत चैत्त ३० गते मात्र वीरगँजमा एकै दिन ३ जनामा कोरोना सँक्रमणको पोजिटिभ केस देखिएपछि वीरगँजको एक स्थान र प्रदेश २ को भूभागलाई शील गर्ने तयारी गरेको हो ।
सो क्रममा वीरगँज महानगरपालिकाको वडा नं. २ , सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभाको स्थान सहित नेपाल–भारतको बोर्डरसँग जोडिएका स्थानहरु शील गर्न लागिएको बताउनुभएको छ ।
वीरगँजमा कोरोना संक्रमित तीन जनाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी आरडीटी र(्यापिड डायग्नोस्टिक टेस्ट) र थ्रोट स्वाब परीक्षण थालिएको बताउनुभएको छ ।
मन्त्री यादवले केही बेरमा ठाउँहरु शील गर्ने स्थानहरुको सूचि समेत सार्वजनिक गरिने बताउनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश ठाकुर
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…