सनवे आइटी कलेजले सुरु गर्यो 'Online Class'
विभिन्न विषयका शिक्षकहरुले कलेजकै समयानुसार अनलाईन मार्फ नियमित कक्षा सँचालन गरिरहेका छन् ।

२०७७ बैशाख २ मंगलबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । सरकारले गरेको लकडाउनमा विद्यार्थीहरुको अध्ययन अध्ययापनमा ढिलाइ भएको भन्दै सनवे आइटी कलेजले अनलाईन माध्यमबाट अध्ययन अध्ययापन सुरु गरेको छ ।
काठमान्डौंको मैतिदेवी स्थित रहेको सनवे इन्टरनेश्नल बिजनेस (आईटी कलेज) स्कूलले विद्यार्थीहरुको चाहना बमोजिम अनलाइन कक्षा सँचालनमा ल्याएको जनाईएको छ ।
लकडाउनमा परी कोही उपत्यका तथा कोही उपत्यका बाहिर भएको अवस्थामा उनीहरुको नियमित पठनपाठनलाई मध्यनजर गर्दै सहजता हेतु अनलाइन कक्षा सुरु गरिएको सनवे इन्टरनेश्नल बिजनेस स्कूलकी अपरेशन डायरेक्टर सिमोली देसाईले जानकारी दिनुभयो ।
अहिलेको वर्तमान परिवेश र आइटीको पहुँच भएको अवस्थामा विद्यार्थीहरुको समस्या तथा नियमित पठनपाठनलाई दृष्टिगत गरी इलेक्ट्रोनिक्नस डिभाइस मार्फत कक्षा सँचालन गरिएको बताउनुभयो ।

“विद्यार्थीहरुले आफ्नो घरमै बसेर पठनपाठन गर्न सकिने छ । कलेजको नियमित कक्षा झैं आफ्नो घरमै बसेर लकडाउनको पालना गर्दै पनि नियमित रुपमा कक्षामा उपस्थित भएझैं अध्ययन अध्ययापनको व्यवस्था मिलाएका छौं । विद्यार्थीहरुले मोबाइल वा कम्प्युटरको माध्यमबाट कक्षा नियमित सँचालनमा आएको छ ।”– उहाँले भन्नुभयो ।
विद्यार्थीहरुलाई माइक्रोसफ्ट टिमको माध्यमबाट नियमित रुपमा शिक्षकहरुले विहान ६ः३० बजेदेखि विहान ११ बजेसम्म कक्षा सँचालन गरिरहेको डायरेक्टर देसाईले थप्नुभयो ।
उहाँले कलेजका ४०० स्नातक र स्नातकोत्तर(Bachelor & Master) का विद्यार्थीहरुलाई अनलाइन क्लासमा सहभागी गराएर नियमित पठनपाठन सुरु गरिएको बताउँदै इन्टरनेटको समस्या भएको बेलाको लागि भिडियो रेकर्डिँग समेत विद्यार्थीहरुलाई पठाउने गरिएको बताउनुभयो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिममा परेका बेला सरकारले लगाएको लकडाउनका कारण विद्यार्थीहरु सुस्त नहोस भन्ने उदेश्यले नियमित कक्षा झैं अनलाइन क्लास सुरु गरिएको कलेजकी अपरेशन डायरेक्टर देसाईले बताउनुभयो ।
विभिन्न विषयका शिक्षकहरुले कलेजकै समयानुसार अनलाईन मार्फ नियमित कक्षा सँचालन गरिरहेका छन् । यसबाट कलेजका विद्यार्थीहरु लकडाउनमा पनि लाभान्वित भएका छन् भने कलेजको यस प्रक्रियालाई सराहना समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…