धनुषामा बन्दुकसहित दुई युवक समातिए
न्यूज ब्यूरो, धनुषा । धनुषामा भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेका छन् । आज (आइतबार) दिउँसो अढाई

२०७६ चैत ३० आइतबार, राति १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन् ।
धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेका छन् ।
आज (आइतबार) दिउँसो अढाई बजे भरुवा बन्दुक बोकेर पुष्पलपुर खोला हुँदै ज १२ प १११५ नम्बरको पल्सर मोटरसाइकलमा दक्षिण तर्फबाट उत्तर तर्फ जाँदै गरेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको हो ।
दुबैजनालाई हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत धुनषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…