धनुषाधाममा पनि ३८ बेडको क्वारेन्टाइन निर्माण
मेयर मण्डलले कोरोना भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहेको जनाएका छन् ।

२०७६ चैत २८ शुक्रबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले पनि क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।
नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप ३८ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो ।
धनुषाधाम नगरपालिकाको धनुष जनता माविमा २८ बेडको क्वारेन्टाइन कक्ष र प्राथमिक स्वास्थय केन्द्रमा १० बेडको क्वारेन्टाइन कक्ष निर्माण गरिएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
मेयर मण्डलले कोरोना भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहेको जनाएका छन् । नगरका नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन नगरपालिकाले मेडिकल टिम समेत खटाएका छन् ।
नगरपालिकाले कुनै शंकास्पद व्यक्ति देखिए तत्कालै एक्सन लिने तयारीका साथ २४सै घण्टा एम्बुलेन्स पनि तयार राखेको छ । नगरप्रमुख मण्डलले देश बाहिरबाट आएका व्यक्तिलाई सम्पर्क गर्न र स्वास्थ्य जाँच गराउन आग्रह पनि गरे ।
नगरपालिकाको प्रमुख परशासकिय अधिकृत गणेशराज कार्किले भने –“नगरपालिकामा स्वास्थय टोलि तनाथ राखको छु , हामि क्वारेन्टाइनमा बस्ने लाई आवशयकता अनुसार सबै थोक पुर्व तयारीमा व्यवस्था गरि राखेका छौं ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…