“भ्रष्टाचार राष्ट्रिय संकट होईन र ?”
जबसम्म राजनीतिमा भ्रस्टाचार रहन्छ तबसम्म प्रशासन बाट भ्रस्टाचार मेटाउन सकिन्दैन ।
२०७६ चैत २८ शुक्रबार, राति ८:१८ बजे३ मिनेट पढाइ

भ्रस्टाचार बारे कौटील्यले उहिल्यै भनेका थिए , बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुले अबैध कर्म र तिनले अनुचित तवरमा आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ ।
भ्रष्टाचार का कारण अस्वाभाविक र आश्चर्यजनक रुपमा अथाह सम्पत्तिका मालिकहरुको जन्म भैरहेको हुन्छ र राष्ट्र भने बिपन्न मुलुकहरुको सुचिमा पर्न जान्छ । भ्रस्टाचारिहरु सबै देशमा हुन्छन तर भ्रस्टाचारिहरुको कुनै देश हुदैन ।
सत्ता र भ्रस्टाचारबिच अन्नयोंन्याश्रित सम्बन्ध रहेको हुन्छ । सत्ताको अधिकारले मानिसलाई भ्रष्ट बनाउछ, अधिकांश शासकले भ्रस्टाचारको साहारा लिएर सत्तामा टिकिरहने रणनिति अख्तियार गर्दछन ।
हाम्रो देशमा समय समयमा बुद्धिजिबीहरुको सम्मेलन गरि भ्रष्टाचारको बिरुद्ध संघर्षको संकल्प गरे र यसलाई राष्ट्रिय संकटको रुपमा पनि लिईयो ।
मुख्यत राजनीतिबाट भ्रष्टाचारले यो सिद्ध गर्दछ कि नेपालमा भ्रष्टाचारको जरो बलियो हुदै गैरहेको छ, हाम्रो देशको राजनीतिक प्रसासनिक व्यबस्थाको सबभन्दा गम्भिर प्रश्न हो ।
जबसम्म राजनीतिमा भ्रस्टाचार रहन्छ तबसम्म प्रशासन बाट भ्रस्टाचार मेटाउन सकिन्दैन ।
पहिले च्यानल मिलाएर भ्रस्टाचार गरिन्थ्यो तर अहिले टिम मिलाएर भ्रस्टाचार गरिन्छ । भ्रस्टाचार को समस्या कुनै बिशेष देस वा कालको समस्या होइन यो त एक शास्वत समस्या हो ।
भ्रस्टाचार भनेको घास पात उम्रेझै नागरिक प्रशासन एवं राजनीतिमा सरलताले जन्मेर आउछ तथा भूमिको श्रेष्ठ तत्वलाई शोसन गरि त्यस हाँगालाई जुन बढी दक्ष एवं खर्च गरि लगाइन्छ त्यसलाई समेत सकाइदिने गर्दछ ।
लालसा प्रधान समाजमा धनप्राप्ति जिबनको एकमात्र लक्ष्य भएर जान्छ । साथसाथै समाजमा उन्नति गर्नु एवं जातिगत भावना छ भने यसले भ्रष्टाचारलाइ मान्यता दिन्छ ।
हाम्रो देशमा ढाचा र नैतिकता नै यसै प्रकारले बनेको छ कि जहाँ भ्रस्टाचारको बिकास हुनु स्वाभाविकै हो । घोर निर्धनता एवं अत्यधिक समृद्धिको अस्तित्वले जनताबाट सचरित्रता लाइ खोसेको छ ।
गरिबी ,न्यून आय ,महंगी ,मुद्रा स्फीति ,कालो धन ,बढ्दो जनसंख्या आदि यस्तो कारक तत्व हो जसले भ्रस्टाचारको जरोलाई बलियो बनाएको छ ।
भ्रस्टाचार जुन राजनीति बाट प्रभावित हुन्छ त्यसको मुख्य कारण हो खर्चिलो चुनाब , विलासितापुर्ण जीवन आदि । हाम्रो देशमा राजनीतिक नेता एवं ठुला व्यवसायी बीच एक गठबन्धन देखिएको छ ।
जसले गर्दा ठुलो मात्रामा भ्रस्टाचार फैलिएको छ देशलाई आर्थिक ऋणमा डुबाएर । भ्रस्ट साधन बिना सत्तामा पुग्न जटिल कार्य भैसकेको छ ।
हाम्रो देशमा प्रशासन एवं राजनीति तथा प्रशासन तथा व्यापारीमा केहि यस्तो दुराचारी गठबन्धन ब्याप्त मात्रामा छ जसले भ्रस्टाचार लाइ बढावा दिएको छ ।
न्यायालयमा अधिक खर्चिलो पद्धति, त्रुटिपूर्ण बिधि , कानुनी दाउपेञ्च आदि केहि यस्तो न्यायिक कारक छ जसको कारण न्यायिक पद्धति भ्रस्टाचारलाइ रोक्न असमर्थ छ ।
वर्तमान बिधि अनुसार घुस लिने वा दिने दुवै अपराधी हो तथापी अपराधी अपराध गरि बच्ने गर्दछ । बिदेशी सहयोगलाई पनि भ्रस्टाचार फैलाउने तत्व मानिन्दा गलत नहोला जस्तो लाग्छ ।
घोर गरिबीले गर्दा पनि भ्रस्टाचार को अन्त्य नहुनु भन्दा पनि गलत नहोला । हाम्रो देशमा भ्रस्टाचार निवारणको निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ तर त्यसले जनतालाई बिस्वस्त तुल्याएको छैन ।
यसप्रकार नैतिकता एवं निष्ठाको रक्षक , जनप्रतिनिधि नै स्वयम् भ्रस्टचारी बन्दै गए प्रशासन कसरि स्वक्ष रहन सक्छ । स्वशासन कसरि शुसासन बन्न सक्छ ।
भ्रस्टाचार एक राष्ट्रिय संकट हो यसको सम्बन्ध सिधै नैतिकता संग जुटेको छ ।
यसको निराकरण पनि नैतिक नै हो तथा पर्यावरणीय परिवर्तन नै हो । भ्रस्टाचार नेपाल र नेपालीको सबैभन्दा ठुलो दुर्भाग्य र समस्या हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अमित झा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…