सरकारले राहत होईन, गरिबलाई सहुलियतमा ऋण दिनुपर्छ : अध्यक्ष यादव
उहाँले भन्नुभयो–“हामी गरिब, निमुखलाई भिखारी नबनाऔं, उनीहरुलाई आत्मनिर्भर बनाऔं ।

२०७६ चैत २७ बिहीबार, बेलुकी ५:५१ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सहकारी बैंकका सँचालक तथा प्रदेश सहकारी अभियानी ध्रुव नारायण यादवले सरकारले राहत भन्दा पनि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
तीनै तहका सरकारले अहिले लकडाउनमा गरिब, निमुखाको लागि राहतको निर्णय गरेपनि त्यसमा मध्यमवर्गीय, धनी व्यक्तिहरुले समेत राहतको लाईनमा बसेपछि उहाँले यसलाई हटाउन राहत भन्दा पनि ऋणको व्यवस्था गरिए मात्र झन्झट समाप्त हुने बताउनभयो ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै उहाँले सरकारले निर्णय गरेको राहत लक्षित वर्गसम्म अझै पुग्न नसको तथा राहतको आवयश्कता नभएका मुखौटाहरुले मात्र राहत पाएको भन्दै ऋणको व्यवस्था गरे यो प्रक्रिया हटने बताउनुभयो ।
उहाँले भन्नुभयो –“राहत गरिब र निमुखा, मजदुरको लागि सरकारले तोकेको छ । तर, राहत लक्षित वर्ग, लक्षित समुदाय, लक्षित व्यक्तिले अझै पाउन सकेको छैन , मध्यमवर्गीय, धनी वर्गीय व्यक्तिले राहतको नाममा खाद्यान्न उठाएको छ । त्यसमा पनि जनप्रतिनीधिहरुले पार्टीका कार्यकर्ता, भोट बैंक बनाउने गरी मनोमानी तरिकाले राहत वितरण गरेको छ । यदि गरिब, निमुखाहरुलाई राहतको सट्टा राहत स्वरुप नै सहुलितयमा ऋण उपलब्ध गराए लक्षित वर्ग लाभान्वित हुनेछ ।”
उहाँले सरकारले राहतको साटो महिनाको २५ हजार रुपैयाँ ऋण स्वरुप उपलब्ध गराए आवश्यकता भएका व्यक्तिले मात्र सो ऋण लिने बताउनुभयो ।
ऋणको अवधी ३ महिना राखेर ३ महिनाभित्र बुझाए ब्याज नलिने व्यवस्था राख्दै त्यो भन्दा बढीमा बुझाए एकदम न्यून र सहुलियत दरको ब्याजमा उपलब्ध गराए जरुरतमन्द व्यक्तिले मात्रै लिने थप्नुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…