आउँदो २ हप्ता चुनौतिपूर्ण हुन सक्छ : प्रधानमन्त्री
निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

२०७६ चैत २५ मंगलबार, बिहान ११:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतिपूर्ण हुन सक्ने बताउनुभएको छ ।
कोरोना रोकथामको लागि युद्धस्तरमा कार्य भईरहेको बताउँदै उहाँले आगमीको दुई साता थप चुनौतिपूर्ण हुन सक्ने बताउनुभएको हो ।
आज (मँगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउँदै उहाँले सबैलाई सँकटको घडीमा साथ दिन आग्रह गर्नुभएको छ ।
यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउँदै उहाँले राजनीतिक दलहरुलाई केन्द्रीत गर्दै बेमौसमी बाजा नबजाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गर्नुभएको हो ।
उहाँले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…