गोलबजारमा माघ १५ बाट लाईभ कन्सर्ट, कमल खत्रीदेखि इन्दिरा जोशीसम्म आउँदै
सिरहा, ७ माघ । सिरहाको गोलबजार स्थाना भएको ५० औं बर्ष पुरा भएको अवसरमा स्वर्ग महोत्सव आयोजना हुन लागेको छ । आईतवार गोलबजारमा पत्रकार सम्मेलन गरेर मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले महोत्सवबारे जानकारी गराए । संयोजक श्रेष्ठका अनुसार महोत्सव यही माघ १५ गतेबाट सात दिनसम्म चल्नेछ । गोलबजारको वि

२०७४ माघ ७ आइतबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

सिरहा, ७ माघ । सिरहाको गोलबजार स्थाना भएको ५० औं बर्ष पुरा भएको अवसरमा स्वर्ग महोत्सव आयोजना हुन लागेको छ । आईतवार गोलबजारमा पत्रकार सम्मेलन गरेर मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले महोत्सवबारे जानकारी गराए ।
संयोजक श्रेष्ठका अनुसार महोत्सव यही माघ १५ गतेबाट सात दिनसम्म चल्नेछ । गोलबजारको विकास, धार्मिक पर्यटकिय क्षेत्रको विकास र स्थानीय स्तरबाट उत्पादित बस्तुको बजार प्रवद्र्धनलगायतको उदेश्यले महोत्सवको आयोजना गर्न लागेको उनले बताए । उनले भने– महोत्सवबाट हुने आम्दानी गोलबजार उधोग व्यापार संघको स्वामित्वमा रहेको अतिथि सद्नलाई सहयोग गर्ने निर्णय गरिसकेका छौं ।
महोत्सवमा दुई सय स्टल राखिने र अधिकांश स्टल बुक भइसकेको संयोजक श्रेष्ठले जानकारी गराए । उनले स्टलमा अधिकांश भारत र नेपालका ख्याती प्राप्त कलेजहरुले बुक गराएको बताए । उनले महोत्वको मुख्य आकर्षक राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने जानकारी दिए ।
महोत्सवमा कलाकारहरु कमल खत्री, शुष्मा कार्की, सुगम पोखरेल, इन्दिरा जोशी, शिव परियार लगायतको बजोड प्रस्तुती दैनिक दिउँसो १ बजेबाट साँझ ७ बजेसम्म रहनेछ । गोलबजारको मुख्य चौकमै आयोजना हुने महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…