लकडाउनको अवधि फेरी थपियो !
सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।

२०७६ चैत २४ सोमबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ।
कोरोना भाइरस (कोभिड १९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो ।
नेपालमा पहिलो पटक स्थानीय स्तरमा कोरोना संक्रमित भेटिएपछि पुनः लकडाउन थप गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…