जलेश्वर अस्पतालबाट २५ कर्मचारी हटाइए, मन्त्रीलाई नेविसंघको चेतावनी
समिति उपर कडा कारबाहीको माग समाजिक विकास मन्त्रालय प्रदेश नं. २ सँग गरेको छ ।

२०७६ चैत २३ आइतबार, राति ११:०२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीको सदरमुकाम जलेश्वर स्थित रहेको जलेश्वर अस्पतालबाट २५ कर्मचारीलाई हटाइएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीले महामारीको बेला दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई हटाउने जलेश्वर अस्पताल संचालन व्यवस्थापक समीतीलाई कारबाहीको माग गरेको छ ।
गत चैत्त २२ गते अस्पताल संचालन व्यवस्थापन समितिको जारी भएको सुचना अनुसार दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई कामबाट हटाइएको भन्दै आपत्ति जनाएको हो ।
“विश्व महामारी कोरोनाले उत्पन्न यो आपतकालीन परिस्थितिमा हरेक वर्ग सामुदाय र क्षेत्र प्रभावित छन् । दैनिक ज्यालादारीमा काम गर्ने आर्थिक रुपले विपन्न सबैभन्दा बढी प्रभावित छन् । दैनिक मजदुरी, ज्यालादारी , अस्थायी करार जस्ता सेवामा दिने सबैभन्दा बढी प्रभावित छन् । खान तथा छाक टार्न समेत समस्या छन् ।”– नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शारीरिक रूपमा सबल हुनुपर्ने बेला आवश्यक खाना र पोषण पनि व्यवस्था गर्न नसकेको अवस्था र विश्वभर नै यस जीवनयापन गरिरहेको वर्ग प्रती सरकार , दातृनिकाय , समाजिक संस्था हरुले सहानुभूति राख्दै आर्थिक सहयोगको योजना ल्याईरहेको बेलामा अस्पतालले गरेको निर्णय आपत्तिजनक रहेको बताइएको छ ।
जलेश्वर अस्पताल संचालन व्यवस्थापन समितिले व्यवस्थापन समितिको स्रोत साधन र दैनिक आय संकलन न्यून रहेको कारण देखाई चैत्त २२ गतेदेखि दैनिक ज्यालादारीमा काम गरिरहेको कर्मचारीलाई काम नलगाउने गरि गरेको निर्णय असंवेदनशिल र अमानवीय निर्णय रहेको ठहर गरेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…