मध्यरातमा महतोमाथि आक्रमणको प्रयास
शियाराम साह मंसीर २०, जनकपुरधाम । भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला धेरैको चासोको क्षेत्र बनेको जनकपुरमा गुण्डा नाईकेहरु सक्रिय भएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि उनका प्रतिद्वन्दी नेपालि कांग्

२०७४ मंसिर २० बुधबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

शियाराम साह
मंसीर २०, जनकपुरधाम । भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला धेरैको चासोको क्षेत्र बनेको जनकपुरमा गुण्डा नाईकेहरु सक्रिय भएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि उनका प्रतिद्वन्दी नेपालि कांग्रेसका नेता बिमलेन्द्र निधिका गुण्डा नाइकेहरुले आक्रमण गर्ने असफल प्रयास गरेका छन् ।
जनकपुरको देबीचौकमा राजपा नेता महतोको निजि गाडीमा तोडफोड गर्न लागेका गुन्डाहरु राजपाका कार्यकर्ताहरुको प्रतिकारपछि भागेका थिए । जनकपुरका नामुद गुण्डा मानिने जीवनाथ चौधरी नेतृत्वका एक दर्जन गुण्डाहरुले महतोको गाडी चालक र निजि सुरक्षा गार्डलाइ धम्काएर गाडीलाई तोडफोड गर्न खोजेका थिए ।
महतोमाथि आक्रमण गर्न खोज्ने निधिका गुण्डाहरुलाई महतोका कार्यकर्ताहरुले रामधुलाई गरेका छन् । त्यसक्रममा जीवनाथ चौधरी, राकेश बिक्रम साह, नबिन यादव लगायतका हरु घाईते भएका छन् । पछि प्रहरी आएपछि उनीहरु भागेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…