सिरहामा लकडाउनमा पनि रोकिएन लागुऔषध तस्करी
न्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुवैजना बिह

२०७६ चैत २१ शुक्रबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
दुवैजना बिहीबार मोटरसाइकल चढी आउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । भाग्ने क्रममा दुर्घटना हुँदा नागेन्दै गम्भीर घाइते भएका छन् ।
उनलाई थप उपचारको लागि विराटनगर नर्सिंग होम पठाइएको र लालु खानलाई लागुऔषध डाइलेक्स डिसि १०० एमएलको ४६ बोतल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।
देश नै लकडाउन भएको अवस्थामा पनि लागुऔषध तस्करी गर्ने क्रम रोकिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…