रौतहटमा बुुहारी बनाउने भन्दै भेट्न बोलाएर बलात्कार
न्यूज ब्यूरो, रौतहट । रौतहटमा बुुहारी बनाउने भन्दै छोरा र परिवारसँग भेटाउन बोलाएर एक किशोरीमाथि बलात्कार भएको छ । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाएका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोर

२०७६ चैत २० बिहीबार, राति १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा बुुहारी बनाउने भन्दै छोरा र परिवारसँग भेटाउन बोलाएर एक किशोरीमाथि बलात्कार भएको छ ।
दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाएका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका ९ रामपुरका अन्सारीलाई प्रहरीले पक्राउ परेको छ ।
आरोपी अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो । अन्सारीमाथि जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मद्दा विहीबार दर्ता भएको प्रहरीले जनाएको छ । अन्सारीले आफ्नो छोराको फोटो देखाएर बिहेको कुरो छिन्न केहीदिन अघि छोरालाई देखाउन भनी रौतहटकी एक किशोरीलाई कलैया बोलाएका थिए ।
किशोरीकी बजैलाई अन्यत्र राखेर कोशोरीलाई कलैयास्थित एउटा होटेलमा लगेर ज्यानमार्ने धम्की दिँदै करणी गरेको पीडित किशारीले बताएकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…