जनकपुरमा आजै अवेर रातिसम्म पिसिआर संचालनमा आउने
टोलीले कोरोना परीक्षणको लागी जडान भै रहेको पिसिआर को निरीक्षण समेत गर्नु भएको छ ।

२०७६ चैत २० बिहीबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना उपचारको लागी तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरमा आजैदेखि पिसिआर- Polymerase Chain Reaction (PCR) सँचालनमा आउने भएको छ ।
प्रदेश नं. २ मन्त्रीहरुको टोली आज निरीक्षण गर्दै आजै अबेर रातीसम्म भएपनि पिसिआर (एक प्रकारको डिएनए टेस्टको प्रक्रियाजस्तै जाँच गर्ने ) सँचालनमा आउने बताइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको टोलीले अस्पतालको निरीक्षण गर्नु भएको छ ।
टोलीले कोरोना परीक्षणको लागी जडान भै रहेको पिसिआर को निरीक्षण समेत गर्नु भएको छ ।
पिसिआरको जडानको काम अन्तिम चरणमा रहेको आजै अवेर राति देखी संचालनमा आउने अस्पतालका मेसु डा। नागेन्द्र यादवले जनाउनु भएको छ ।
उक्त अवसरमा अस्पतालका चिकित्सकहरुले पिपिआरको नाउमा संघीय सरकारले गाउन मात्र पठाएको भन्दै आपत्ति जनाएका थिए ।
उनिहरुले यस अघि आएको पिपिआर उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…