राहत वितरणमा सहयोग गरिदिन अध्यक्ष यादवको अपिल
उहाँ प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ ।

२०७६ चैत २० बिहीबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रदेश नं. २ अध्यक्ष विजय कुमार यादवले गरिव विपन्नको खाना व्यवस्थापनमा सहयोगको लागि अपिल गर्नुभएको छ ।
समाजवादी मधेश प्रदेश समितिले गरिब विपन्नहरुको खाना व्यवस्थापनको लागी प्रदेश सरकारले पठाएको राहत वितरण सहयोग गरि दिन पार्टीका नेता कार्यकर्तालाई अपील गरेको हो ।
प्रदेश समिति अध्यक्ष यादवले विहिबार एक अपिलपत्र जारी गर्दै कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउनका लागि खाना व्यवस्थापनमा सहयोग गरिदिन अपिल गर्नुभएको हो ।
साथै लक डाउनमा प्रदेशका कुनै पनि जनता भोकै नबसुन भन्ने उद्देश्यका साथ प्रदेश सरकारले राहत वितरणको लागी स्थानीय तहमा पठाएको रकम बाट समुचित राहत वितरण एवं तथ्यांक संकलनमा सहयोग गरि दिन स्थानीय तहका प्रमुख उपप्रमुख एवं पार्टीका नेता तथा कार्यकर्तालाई अपील गर्नु भएको हो ।
उहाँले प्रदेश सरकारले जारी गरेको निर्देशिका बमोजिम वडा अध्यक्षको संयोजकत्वमा रहने राहत वितरण समितिलाई निस्वार्थ भावले सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ ।
यसका साथै महामारी नियन्त्रणको लागी लकडाउन एकमात्र अस्त्र रहेकोले सम्पूर्ण प्रदेशवासीलाई आफनै घरमा बसी सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
उहाँ प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…