मेयर बरबरियाले गर्भवतिलाई झूल बाँडे
जनकपुरधाम, ४ माघ । कान्छो मेयर उदय कुमार बरबरियाले नगरभित्र न्यानो बाँडेका छन् । शहिदनगर नगरपालिकाका विपन्न तथा दलित परिवारलाई न्यानो कम्बल वितरण गरेका हुन् । नगरको वडा नं. ४ महुलियामा उक्त परिवारहरुलाई ३५ वटा कम्बल तथा २० थान झुल समेत वितरण गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष कन्हैया मुखियाको अध्यक्

२०७४ माघ ४ बिहीबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ४ माघ । कान्छो मेयर उदय कुमार बरबरियाले नगरभित्र न्यानो बाँडेका छन् ।
शहिदनगर नगरपालिकाका विपन्न तथा दलित परिवारलाई न्यानो कम्बल वितरण गरेका हुन् ।
नगरको वडा नं. ४ महुलियामा उक्त परिवारहरुलाई ३५ वटा कम्बल तथा २० थान झुल समेत वितरण गरिएको हो ।

वडा नं. ४ का वडाध्यक्ष कन्हैया मुखियाको अध्यक्षता तथा कान्छो मेयर बरबरियाको प्रमुख आतिथ्यमा सहयोगी सँस्था प्रभात महिला बहुउदेश्यीय सहकारी सँस्थाको सहयोगमा विपन्न तथा शितलहर पीडितालाई कम्बल प्रदान गरे भने वडाका गर्भवति महिलाहरुलाई सुपानेट खाले झूल वितरण गरिएको हो ।
शिलतहर पीडित तथा गर्भवति महिलाको भविष्य स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त समाग्रीहरु वितरण गरिएको हो ।
वितरण कार्यक्रममा उपमेयर शिला कापर, महिला बालबालिका कार्यालय धनुषाका अधिकृत मिरा मिश्रको विशेष उपस्थितिमा वडाका अपाँग, दलित र विपन्न परिवारलाई वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…