स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
न्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन् । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री

२०७६ चैत १९ बुधबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन् । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएपछि मन्त्री ढकालविरुद्ध उजुरी गरिएको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…