प्रदेश सरकारको राहत कोषमा नेपाल बैंकको ५ लाख
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ । बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि कोषमा कृषि विकास बैंक, सिटिजन्स

२०७६ चैत १९ बुधबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।
बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि कोषमा कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरिसकेका छन् ।
प्रदेश सरकारले सञ्चालनमा ल्याएको राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खातामा खाता नम्बर १२२०५०३०००००१ मा सहयोग गर्न अपिलसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…