प्रदेश २ : आइसोलेसनमा रहेका ८ जनाको रिपोर्ट यस्तो
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको आशंकामा प्रदेश २ का विभिन्न आइसोलेसन वार्डमा रहेका ८ जनाको रिपोर्ट आएको छ । तिनीहरु सबै जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । रिपोर्ट निगेटिभ आएकाहरुलाई डिस्चार्ज गरिएको छ । प्रदेश २ को विभिन्न जिल्लाम

२०७६ चैत १९ बुधबार, बिहान ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको आशंकामा प्रदेश २ का विभिन्न आइसोलेसन वार्डमा रहेका ८ जनाको रिपोर्ट आएको छ ।
तिनीहरु सबै जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । रिपोर्ट निगेटिभ आएकाहरुलाई डिस्चार्ज गरिएको छ ।
प्रदेश २ को विभिन्न जिल्लामा १७ जना आइसोलेसनमा छन् । मंगलबार थप ४ जना शंकास्पद बिरामी प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जनाए ।
प्रदेश २ मा अहिले ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…