प्रदेश २ः मेयर मेहता विरुद्ध प्रहरीको पक्राउ पूर्जी
बयानका आधारमा मेयर मेहता र उनका भाई नेकपाका मोहनको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

२०७६ चैत १८ मंगलबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
गाँजा तस्करी गरेको आरोपमा मेयर मेहता र उनका भाई नेकपाका नगर अध्यक्ष मोहन मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरी जिल्ला प्रहरी कार्यालय रौतहटलाई पठाएको छ ।
मकवानपुर जिल्ला अदालतले मेहता दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो ।
उनीहरुमाथि एम्बुलेन्समा गाँजा तस्करी गरेको आरोप छ । गत माघ ११ गते रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छवटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले एम्बुलेन्स चेक जाँचका क्रममा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपैयाँसमेत बरामद गरेको थियो थियो ।
त्यसक्रममा एम्बुलेन्स चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेकाले दिएको बयानका आधारमा मेयर मेहता र उनका भाई नेकपाका मोहनको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…