प्याव्सन सिरहासँग अभिभावकको गुनासो नै गुनासो
सिरहा, ४ माघ । नीजि तथा आवासीय विद्यालयको सातौं बार्षिक सधारणसभामा बोल्दै बक्ताहरुले शिक्षा नीति र प्यावसनको कार्यव्यहारमा केन्द्रित भई गुनासो नै गुनासो गरेका छन् । जिल्ला सदरमुकाम सिरहामा भएको उद्घाटन समारोहमा बोल्दै अधिकांश वक्ताहरुले प्याव्सनको काम कारवाहीमा व्यापक सुधार गर्नुपर्ने खाँचो रहेको औं

२०७४ माघ ४ बिहीबार, दिउँसो ३:५० बजे३ मिनेट पढाइ
सिरहा, ४ माघ । नीजि तथा आवासीय विद्यालयको सातौं बार्षिक सधारणसभामा बोल्दै बक्ताहरुले शिक्षा नीति र प्यावसनको कार्यव्यहारमा केन्द्रित भई गुनासो नै गुनासो गरेका छन् ।
जिल्ला सदरमुकाम सिरहामा भएको उद्घाटन समारोहमा बोल्दै अधिकांश वक्ताहरुले प्याव्सनको काम कारवाहीमा व्यापक सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् ।
कसले कति चिट चोर्ने र विद्यार्थी उत्तिर्ण प्रतिशतलाई बढाउनेतिर बढ्दो क्रमले शिक्षाको गुणस्तर खस्किदै गएको सिरहा क्षेत्र नं।३ प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले बताए । उनले शिक्षकले अझै पनि आफ्नो बानी राम्रोसँग सुधार नगरेको गुनासो पोख्दै भने,‘बेरुजु आएको तथ्यांक हाइछ जसले गर्दा शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ ।
’कुनै खास संगठनको भनाईको आधारमा शिक्षा नीति नफेरिने ठोकुवा गर्दै उनले शिक्षा नीतिमा परिमार्जन गर्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय शिक्षा नीतिको अध्ययन र विश्लेषण गरिनुपर्ने बताए । शिक्षा क्षेत्रको सुधारका लागि सबैले पहल र आफ्नो दायित्वबोध गर्दै अगाडि बढ्नुपर्ने उनले थपे ।
प्यावसनका विद्यालयहरुले विद्यार्थीलाई छात्रवृति दिँदै आएको कुरा प्रष्ट नभएको गुनासो गर्दै प्रदेशसभा सदस्य लगनलाल चौधरीले भने,‘मुखले भनेर मात्र हुँदैन् । तहगत तथ्यांक प्रस्तुत गर्नुपछ ।’ प्याव्सनमा आबद्ध विद्यालयहरुले भन्ने गरेको अनुसार छात्रवृति दिएको भने विपन्न वर्गका हजारौं छात्र÷छात्रा लाभ उठाउने उनले दाबी गरे । भनाईको आधारमा गराई न्यून भएको उनको तर्क छ ।
शिक्षालाई निजीकरण र व्यावसायीकरण गरिनु राम्रो कुरा नभएको प्रदेशसभा सदस्य अशोक कुमार यादवले बताए । समतामुलक समाज निर्माण र सामुहिक हित हुने खालको शिक्षा नीतिलाई व्यवहारमा लागु गरेको विद्यालयलाई प्रोत्साहन तथा त्यसो नगरेकालाई निरुत्साहित गरेर अघि बढ्नुपर्ने उनको तर्क छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…