सप्तरीमा दुई युवक कुट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीमा लकडाउन उल्लंघन गरेको भन्दै दुईजना सर्वसाधारणलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरी निलम्बनमा परेका छन् । लकडाउनको समयमा सोमबार दैनिक उपभोग्यको सामान किनेर फर्किरहेका दुईजनालाई अमानवीय व्यवहार गर्ने सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् । सशस्त्र

२०७६ चैत १८ मंगलबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीमा लकडाउन उल्लंघन गरेको भन्दै दुईजना सर्वसाधारणलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरी निलम्बनमा परेका छन् ।
लकडाउनको समयमा सोमबार दैनिक उपभोग्यको सामान किनेर फर्किरहेका दुईजनालाई अमानवीय व्यवहार गर्ने सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।
सशस्त्र प्रहरी बल बिओपी रामनगर, सप्तरीमा कार्यरत प्रहरी हवल्दार चौधरीलाई निलम्बन गरी कारबाही अगाडि बढाइएको छ । सर्वसाधारणलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरी आवश्यक कारबाही अगाडि बढाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस् : सप्तरीमा सशस्त्र प्रहरीले कुटपिट गरेको भिडियो भाइरल, कारवाहीको तयारी
सशस्त्र प्रहरीले सिमित स्रोत साधनका बाबजुद पनि काम गर्नुपरेको अवस्थामा प्रहरी हवल्दार चौधरीले गलत हर्कत गरेको ठहर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
सशस्त्र प्रहरी हबल्दारले बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलान नदीमा कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…