लकडाउनमा निमुखाहरुका लागि 'धनुषा चेम्बर अफ कमर्स' साहारा
धनुषाको नगराईन स्थित क्वारेन्टाईनमा २ सय २५ मास्क सोमवार वित्तरण गरिएको छ ।

२०७६ चैत १७ सोमबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा चेम्बर अफ कमर्सले कोरोना प्रभावित गरिव, विपन्न तथा सहायलाई राहत समाग्री वित्तरण गरेको छ ।
कोरोना भाईरस रोकथामका लागि सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरि घरपरिवार चलाउने १ सय जना गरिव विपन्नलाई चामल ५ किलो, आलु २ किलो, दाल र सोवाबिन ५००/५०० ग्राम र नुन १ किलोका दरले राहत वित्तरण गरिएको कमर्सका उपाध्यक्ष सलामत राईनले बताए ।
त्यसैगरि, कमर्सले महोत्तरीको परकौलि स्थित नेपाली सेनाको ब्यारेकमा ५ सय, प्रादेशिक अस्पतालमा ५ सय र धनुषाको नगराईन स्थित क्वारेन्टाईनमा २ सय २५ मास्क सोमवार वित्तरण गरिएको छ ।

यस अघि आईतवार धनुषाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई २५ सय मास्क वित्तरण गरिएको कमर्सका उपाध्यक्ष तथा मस्क व्यवस्थापन समितिका संयोजक सलामत राईनले बताए ।
मस्क वित्तरण तथा राहत कार्यक्रममा कमर्सका प्रदेश अध्यक्ष पवन ठाकुर, धनुषा जिल्ला अध्यष विजय साह, महासचिव किष्णुदेव साह लगायतका सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…