राजधानीको लागि आन्दोलन, आज विरगँज बन्द
कतै आगो त कतै जाडो, बन्दले जनजीवन प्रभावित

२०७४ माघ ४ बिहीबार, दिउँसो २:४७ बजे१ मिनेट पढाइ

वीरगञ्ज, ४ माघ । । सरकारलेवीरगञ्जलाई प्रदेश नं. २ को अस्थायी राजधानी घोषणा नगरिएपछि संयुक्त संघर्ष समितिले विहिवार बन्दको आव्हान गरेकोछ ।
प्रादेशिक राजधानीको माग गर्दै बिगत १३ दिन देखि वीरगंजको घण्टाघरमा रिले अनसन जारी रहदा पनि सरकारले कुनै वास्ता नगरेकोले बाध्य भएर बिहिवार बन्दको आह्वान गरिएको वीरगंज संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जनाए ।
बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक नियोगका सवारी साधन, दुधको गाडी, अस्पतालको गाडी, सञ्चार माध्यमको सवारी साधन निर्वाद्ध रुपमा संचालन रहने छ । उद्योग, ब्यापार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पुर्ण ठप्प हुने विज्ञप्तिमा उल्लेख छ ।
पर्सा, बारा लगायतको जिल्लाको विकास र समृद्धिको सवाल रहेकोले यो बन्दलाई सफल पार्न उद्योगी, व्यवसायी, व्यापारी, युवा वर्ग, राजनीतिक दल, किसान, शैक्षिक संस्था लगायत सम्पूर्णमा आग्रह गरिएको छ । प्रदेशको अस्थायी राजधानी तोकिएको मन्त्रिपरिषदको निर्णय सार्वजनिक हुने वितिकै संघर्ष समितिका नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदै बिरोध प्रदर्शन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…