धनुषाको कमला नगरपालिकामा आपत्तकालिन बैठक, यी निर्णयहरु पारित
यद्यपी, विदेशबाट आएकाहरुको तथ्याँक भने अझै संकलन हुन बाँकी छ ।

२०७६ चैत १७ सोमबार, राति ८:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले कोरोना भाइरस सम्बन्धी उपचारको लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको नगरपालिकाको आपतकालिन बैठकबाट सो निर्णय गरिएको हो । कमला नगरपालिका कार्यालयको पश्चिम तर्फ रहेको ३ कोठे भवनमा क्वारेन्टाइन निर्माण गरिने जनाईएको छ ।
नगरका आम सर्वसाधारण वा शंकास्पद त्यस्ता नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था सहित चिकित्सकहरु समेत तैनाथ गर्ने भएको छ ।
विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको सँक्रमणबाट नगरवासीलाई जोगाउनको लागि तथा आवश्यक परेको बेला क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।
कोरोना सम्बन्धी उपचारमा खटिने चिकित्सक, सुरक्षाकर्मी र कर्मचारीलाई ५० प्रतिशत तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई खटेको एक दिनको तलबको २५ प्रतिशत प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने भएको छ ।
यसका साथै, प्रदेश सरकारले धनुषाको १८ वटै स्थानीय तहमा दिने भनिएको गरिब, विपन्नको लागि आउने खाद्यान्न वितरण व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।
नगर प्रमुख राम उदगार गोइतको अध्यक्षतामा बसेको सो बैठकबाट नगरस्तरीय टिम निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले बताउनुभयो ।
क्वारेन्टाइन निर्माणपछि शंकास्पद व्यक्तिलाई उपचारको लागि त्यही राख्ने बताइएको छ । यद्यपी, विदेशबाट आएकाहरुको तथ्याँक भने अझै संकलन हुन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…