सर्वोच्चको आदेश : 'गरिबलाई खाद्यान्न उपलब्ध गराउनु'
न्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित विपन्न मजदुरलाई तत्काल खाद्यान्नको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउनका कारण उनीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाइ भएको भन्दै सर्वोच्चले उनीहरुको पहिचान गरी बसेकै ठाउँमा राहत उपलब्ध गराउन आदेश दिएको हो । अधिव

२०७६ चैत १७ सोमबार, बेलुकी ६:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित विपन्न मजदुरलाई तत्काल खाद्यान्नको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
लकडाउनका कारण उनीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाइ भएको भन्दै सर्वोच्चले उनीहरुको पहिचान गरी बसेकै ठाउँमा राहत उपलब्ध गराउन आदेश दिएको हो । अधिवक्ता विष्णु लुइँटेलले न्यून आय भएका श्रमजीवी, दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न वर्गलाई तत्काल खाद्य सामग्री राहत उपलब्ध गराउनुपर्ने माग राखी दिएको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले राहत दिँदा तीनवटै तहका सरकारहबीच समन्वय गर्न पनि आदेश दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…