नेपालमा फेरि एकजनामा कोरोना संक्रमण, संक्रमित ५ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्का एक जनामा संक्रमण देखिएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५ पुगेको छ । यसअघि ४ जनामा कोरोना भाइरस भेटिसकिएको छ । जसमध्ये सुरुका एक संक्रमित पुरुष उपच

२०७६ चैत १५ शनिबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्का एक जनामा संक्रमण देखिएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५ पुगेको छ ।
यसअघि ४ जनामा कोरोना भाइरस भेटिसकिएको छ । जसमध्ये सुरुका एक संक्रमित पुरुष उपचारपछि स्वस्थ भइसकेका छन् । नेपालमा हालसम्म ८७५ जनाको नमुना परीक्षण गरिएकामा ५ जनामा संक्रमण भेटिएको हो ।
आज संक्रमण पुष्टि भएकी युवति बागलुङकी हुन् । उनी बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…