महेन्द्रनगर बमकाण्ड : विप्लव समूहका थप एक पक्राउ
न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपलिका ५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको फरार प्रतिवादी थप एकजना पक्राउ परेका छन् । महेन्द्रनगर बमकाण्डमा संलग्न रहेका धनुषाधाम नगरपालिका ३ तेजनगरका ३५ वर्षीय गंगा मण्डल पक्राउ परेका हुन् । मण्डललाई बिहीबार दिउँसो प्रदेश प्रहरी कार्यालय र ईलाका प्रह

२०७६ चैत १४ शुक्रबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपलिका ५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको फरार प्रतिवादी थप एकजना पक्राउ परेका छन् ।
महेन्द्रनगर बमकाण्डमा संलग्न रहेका धनुषाधाम नगरपालिका ३ तेजनगरका ३५ वर्षीय गंगा मण्डल पक्राउ परेका हुन् । मण्डललाई बिहीबार दिउँसो प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय धनुषाधामको संयुक्त टोलीले घरबाटै पक्राउ गरेको हो ।
उनी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । घटना यता उनी लुकीछिपी बस्दै आएका थिए । झण्डै चार महिनापछि पक्राउ परेका मण्डललाई अदालतमा पेश गर्न थप अनुसन्धान भइरहेको ईप्रका धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।
गएको मंसिर २८ गते मध्यराति महेन्द्रनगरस्थित औषधि व्यवसायी राजेश्वर साहको घरमा बम विस्फोट भएको थियो । घटनामा परी घरधनी राजेश साह, उनको छोरा आनन्द साहसहित प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…