लकडाउनमा कालोबजारी : जनकपुरमा ३ पक्राउ
लकडाउनमा कालोबजारी बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

२०७६ चैत १३ बिहीबार, बिहान ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लागू गरेको लकडाउनको मौका छोपी कालोबजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ परेका छन् ।
प्रहरीको अनुगमन टोलीले चर्को मूल्यमा आलू र प्याज बेचिरहेका तीनैजनालाई जनकपुरको विभिन्न चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ४ वस्ने प्रदिप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् ।
उनीहरुले आलू प्रतिकिलो ५० रुपैयाँ तथा प्याज प्रतिकिलो सय रुपैयाँका दरले बेचिरहेका थिए । बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलू र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भइरहेको छ । लकडाउनमा कालोबजारी बढेपछि प्रहरीले निगरानी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…