लकडाउन उल्लंघन : वीरगञ्जबाट ५२ जना पक्राउ
न्यूज ब्यूरो, वीरगञ्ज । सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर काठमाडौंबाट लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ परेका छन् । सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्जपुगेका ५२ यात्रुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार उनीहरुलाई मध्यरात

२०७६ चैत १२ बुधबार, दिउँसो १:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर काठमाडौंबाट लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ परेका छन् ।
सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्जपुगेका ५२ यात्रुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार उनीहरुलाई मध्यराति वीरगञ्जको घण्टाघरबाट पक्राउ गरिएको हो ।
काठमाडौंमा वीरगञ्ज फर्केको ना ५ ख ९५५२ नम्बरको सामान बोक्ने कन्टेनर चढेर उनीहरु वीरगञ्ज आइपुगेको एसपी पन्तले जानकारी दिइन् । पक्राउ परेका ५२ जनासँग कन्टेनर चालकले २–२ सय रुपैयाँका दरले भाडा लिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…