राजपाका सांसदले कोरोना कोषमा १५ दिनको तलब दिने
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको कोषमा राजपाका सांसदहरुले १५ दिनको तलब दिने भएका छन् । कोरोना नियन्त्रण कोषमा सहयोग गर्ने प्रतिवद्धताहरु आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

२०७६ चैत १२ बुधबार, दिउँसो १:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको कोषमा राजपाका सांसदहरुले १५ दिनको तलब दिने भएका छन् ।
कोरोना नियन्त्रण कोषमा सहयोग गर्ने प्रतिवद्धताहरु आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको हो । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।
राजपाका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजकिशोर यादवले भने यसघघि नै एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…