'कोरोना नियन्त्रण हामीबाटै सम्भव छ, गम्भीर बनौं' (बच्ने उपाय)
सरकारको निर्देशन हामीले पूर्णतः शिरोधार्य गर्यौं भने हामी यो लडाई जित्छौं ।
२०७६ चैत १२ बुधबार, बिहान ११:५७ बजे३ मिनेट पढाइ

चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले यत्तिबेला विश्वभर नै त्राहिमाम मचेको छ ।
विश्वको झण्डै एकसय ९० बढी देशमा फैलिसकेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १९ हजारबढीले ज्यान गुमाइसकेका छन् भने चार लाखबढी संक्रमित छन् । मृत्यु हुने र संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । यत्तिबेला यो भाइरस विश्वकै लागि चुनौती बनेको छ ।
हालको अवस्थामा नेपालमा पनि यो भाइरसको डरले सनसनी छाएको छ । फ्रान्सबाट नेपाल आएकी एक युवतिमा सोमबार कोभिड १९ को संक्रमण पुष्टि भएपछि देश थप त्रसित छ । एकजनामा संक्रमण देखिएपछि सरकारले संक्रमण फैलिन नदिन थप सतर्कता अपनाउँदै एक साताका लागि देश नै लकडाउन गरेको छ ।
यसले सूचना तथा सञ्चार माध्यमको पहुँचबाट टाढा रहेका र यथार्थ जानकारीको अभावमा सर्वसाधारणहरु त्रसित छन् । अब के हुने हुन् भन्ने डरले उनीहरु शसंकित छन् । तर, हामीले बुझ्नुपर्ने के हो भने, हामी अहिलेसम्म सुरक्षित छौं । संक्रमणको सम्भावित सम्भावनालाई मध्यनजर गर्दै अर्थात् यो भाइरस नेपालमा नफैलियोस् भन्ने उद्देश्यले देश लकडाउन गरिएको हो । यो लकडाउन हाम्रै लागि हो । यो सर्ने भनेको भिडभाड, अन्य व्यक्तिसँगको सम्पर्क र सरसफाईमा ध्यान नदिएर हो । सरकारको निर्देशन हामीले पूर्णतः शिरोधार्य गर्यौं भने, व्यक्तिगत सरसफाइलाई उच्च प्राथमिकतामा राख्यौं भने कोरोनाको रत्तिभर डर छैन ।
होइन भने, सबै कुराले सुसज्जित र विकसित मुलुकहरुलाई त कोरोना नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको अवस्था छ । यदि हाम्रो देशमा पनि संक्रमण फैलियो भने रोकथामका निम्ति हाम्रो आत्मबल र आत्मविश्वास बाहेक हामीसँग केही हुनेछैन । त्यसैले सचेत होऔं, सरकारको निर्देशनलाई अंगिकार गरौं । हामी तपाईबाटै कोरोना नियन्त्रण सम्भव छ ।
विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन के कस्ता उपायहरु अबलम्बन गर्ने भनेर मेडिकल क्षेत्रमा विगत झण्डै ६ वर्षदेखि आवद्ध रहनुभएकी तथा हाल बिएन अध्ययनरत सुना पोखरेलले अपयोगी सामाग्री तयारी पार्नुभएको छ । तपाईले पनि यी उपाय फ्लो गर्नुभयो भने कोरोनाको संक्रमणबाट बच्न सक्नुहुनेछ ।
१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।
२. एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा÷परिवर्तन गरौं ।
३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिकरुपमा सफा राखौं ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामाग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
६. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली÷प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसँग पकाएर मात्र खाने गरौं ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं । जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔं ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानो राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं ।
१०. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।
११. यदी कसैलाई ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१२. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔं । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल पुगौं ।
१३. भयवित नहोऔं, अपवाहको पछि नलागौं, सकारात्मक सोचौं । गाउँघर, टोल, छिमेकमा जनचेतना फैलाऔं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुना पोखरेल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…