प्रदेश २ : सबै जिल्लामा सेना परिचालन, गुप्तचर पनि खटाइयो
प्रदेशको प्रत्येक जिल्लामा एकहजारको हराहारीमा सुरक्षाकर्मी खटाइएको छ ।

२०७६ चैत १२ बुधबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरको लकडाउनको पूर्णरुपमा पालना गराउन प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेनासहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि एक सताको लागि गरेको ‘लकडाउन’ पालना गराउन प्रदेश २ मा तीन वटै सुरक्षा निकाय परिचालन गरिएको हो । प्रदेश २ का जिल्लाहरुमा लकडाउनको उलंघन हुन थालेपछि जिल्ला भरिका सबै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
लकडाउन उल्लंघन व्यापक देखिएपछि गुप्तचर निकायलाई पनि परिचालन गरिएको जनाइएको छ । प्रदेशको प्रत्येक जिल्लामा एकहजारको हराहारीमा सुरक्षाकर्मी खटाइएको छ ।
लकडाउन अवधिमा विना काम बाहिर हिड्नेहरुलाई सुरक्षाकर्मीले सम्झाईबुझाई घर पठाउने कार्य गरिरहेको छ । यस्तै, सडकमा चलाइने गाडी प्रहरीले नियन्त्रणमा लिइरहेको छ भने जबर्जस्ती गर्न खोज्नेलाई पक्राउसमेत गरिने गरिएको छ ।
(यो लकडाउन जनताकै लागि हो, सरकारको निर्देशन पालना गरौं, सुरक्षित रहौं - न्यूज ब्यूरो, नेपाल)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…