बैंकिङ सेवा नरोक्न सर्कुलर
न्यूज ब्यूरो, काठमाडौं । कुनै पनि बैंकले आफ्नो सेवा बन्द गर्न नपाउने गरी नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ । बैंकिङ सेवा अत्यावश्यक सेवा भएकोले यसलाई बन्द गर्न नपाउने गरी राष्ट्र बैंकले ’क’, ’ख’, ’ग’ र ’घ’ वर्गका सबै बैंकलाई निर्देशन जारी गरेको हो । सरकारले अत्यवश्यक सेवाबाहेक अन्य सेवा चैत

२०७६ चैत ९ आइतबार, बेलुकी ६:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कुनै पनि बैंकले आफ्नो सेवा बन्द गर्न नपाउने गरी नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ ।
बैंकिङ सेवा अत्यावश्यक सेवा भएकोले यसलाई बन्द गर्न नपाउने गरी राष्ट्र बैंकले ’क’, ’ख’, ’ग’ र ’घ’ वर्गका सबै बैंकलाई निर्देशन जारी गरेको हो । सरकारले अत्यवश्यक सेवाबाहेक अन्य सेवा चैत ९ देखि चैत २१ सम्म बन्द गर्न भनेको र बैंकिङ सेवा अत्यावश्यक नै रहेको राष्ट्र बैंकले भनेको छ ।
कोरोनाका कारणले सबै क्षेत्रलाई असर गरे पनि सकेसम्म कम कर्मचारीबाट सजग रहि सेवा भने सूचारु गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । साथै राष्ट्र बैंकले सबै कर्मचारीहरुलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन भनेको छ ।
बैंकले दिने विद्युतीय कारोबारलाई पनि प्रोत्साहन गर्न सर्कुलरमा भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…