जनकपुरः घर बाटै पुनः मोटरसाईकल चोरी
मोटर साईकल चोरी भएको स्थलबाट कटुवा हतियार पनि भेटाएका थिए ।

२०७६ चैत ७ शुक्रबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्युज ब्युरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल चोरीको क्रम रोकिएको छैनन् । सोही क्रममा पुनः एक मोटरसाईकल घरबाटै चोरी भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मिपुर धनवीर यादवको घर बाटै मोटरसाइकल चोरी भएको हो ।
स्थानीय धनवीर यादवको नाममा रहेको प्रदेश २–०२ ००१ प ११३२ नम्बरको जिक्सर गाडी आफ्नै घरमा मोटरसाइकल बुधबार राती राखीएको ठाउँबाट मोटरसाइकल गायब भएको हो ।
उक्त मोटरसाइकल साइकल खोजतलास गर्न ईलाका प्रहरी कार्यलय धनुषाधाममा निवेदन दिएको गाडी धनीले बताए।
न्युज ब्युरोसंग कुराकानी गर्दै प्रहरी निरिक्षक सुमन थापाले भन्ने हामी मोटरसाइकल खोजतलास गर्न संचार माध्यम लगायत गोप्य टोलि खटाएको तथा शिघ्र नै मोटरसाईकल भेटिने आश्वासन दिनुभयो ।
केही दिन मात्र अगाडी धनुषाधाम नगरपालिका ८ मा मोटर साईकल चोरी भएको स्थलबाट कटुवा हतियार पनि भेटाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…