'सरकारको कमजोरीले विद्यार्थीमा अनावश्यक तनाव'
विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको कुरा सरकार लगायत सबैलाई थाहा भएकै हो। कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गर्‍यो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा न
२०७६ चैत ६ बिहीबार, बेलुकी ६:४७ बजे२ मिनेट पढाइ

विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको कुरा सरकार लगायत सबैलाई थाहा भएकै हो। कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गर्यो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेको छ। सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गर्यो।
यसैगरी ‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
तर ‘यस वर्ष हुनलागेको एसईई परिक्षामा भने सरकारको तयारी अति कमजोर र पुर्वाअनुमानको अपरिपक्वताको कारण आम परिक्षार्थी विद्यार्थी वर्गमा नराम्ररी असर अर्थात प्रभाव पार्यो। यस्तो अपरिपक्व निर्णयले लगातार एकवर्षदेखी तयारी अवस्थामा रहेको आम विद्यार्थीलाई परिक्षाको मुखमा एक किसिमको धोका दिए सरह अहिलेको सरकार प्रस्तुत भएका छन् ।
मैले सरकारको यस निर्णयको विरोध त गर्नै सक्दिन किनभने नेपाल संगै अहिले दुनियाँको धेरै देशका नागरिकहरु कोरोना भाईरस अर्थात (कोभिड–१९ सँग त्रासमा परेको छ ।
धेरै मानिस संक्रमणमा परेका छन्। अस्ति भर्खरै सार्क देशहरुको एउटा बैठक बसेको थियो जसमा कोरोना बाट बचाउन सार्क देशहरुले आफ्नो देशको नागरिक लाई बचाउन वृहत् क्षलफल गर्यो तर यति कुरा थाहा हुँदाहुँदै पनि सरकारको निर्णय लिने क्षमता कमजोर सावित भयो।
एक किसिमले सरकार कानमा तेल हालेर सुतै व्यवहार व्यवहार देखायो । हिजो न्युज २४ टेलिभिजन च्यानलका एक पत्रकारले स्वास्थ्य मन्त्री कोरोना बाट बचाउने तयारी सम्बन्धमा सरकार योजना के रहेछ भनी सोध्न जादा मन्त्रीले 'मेरो घर आज पाहुना आएका छन् र अहिले बोल्दै बोल्दिन' भनी एउटा गैरजिम्मेवार जबाफ दियो ।
कुनै पनि व्यक्ति सरकारको उच्च पद एउटा विशेष क्षेत्र स्वास्थ्य जस्तो महत्त्वपूर्ण निकायको मन्त्री पदमा जादा उसको जिन्दगी व्यक्तिगत भन्दा पनि सार्वजनिक रूपमा प्रस्तुत हुनुपर्ने हो तर दुःखको कुरा हो सरकार यस्तो गम्भीर परिस्थितिमा पनि सचेत भैरहेको छैनन् र आम जनता लाई कोरोना बाट बच्न भगवानकै सहारामा राखेको छ।
आशुतोष झा 'नविन'
नेपाल विद्यार्थी संघ, अध्यक्ष, महोत्तरी
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…