जनकपुर–धनुषाधाम सडक बन्द !
बाटो नखुले बाटो पुनः ३ बजेदेखि अवरुद्ध गर्ने चेतावनी स्थानीयवासीहरुले दिएका छन् ।

२०७६ चैत ६ बिहीबार, बिहान ११:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको महामारी चलिरहँदा धनुषाको ठेरा कचुरीमा स्थानीयहरुले सडक बन्द गरेको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ८ ठेरा कचुरीमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरेका छन् । उनीहरुले ठेकेदार विरुद्ध प्रदर्शन गरेका थिए ।
सडकको कामप्रति ठेकेदार र सम्बन्धित निकायले कुनै चाँसो नदेखाएको भन्दै बाटो बन्द गर्न बाध्य भएको स्थानीय दानी यादवले बताए ।

धनुषाधाम–जनकपुर सडकखण्डमा मुढा, बेन्च राखेर स्थानीयहरुले चक्काजाम गरेको थियो । केही बेरमा नगर प्रमुख अनिल यादव र स्थानीय प्रहरीको पहलमा बन्द खुलाइएको हो ।
कोनोनाको त्रासले विश्व आतंकित बनिरहँदा सडकको धुलोले यहाँका जनताको स्वास्थ्यसँग खेलवाडनिर्माणाधीन अवस्थामा सडकमा पानी पटाउनुपर्नेमा त्यसै छाडिएको भन्दै आन्दोलनको विकल्प नरहेको यादवले थपे ।

विगत कैयौ हप्तादेखि धनुषाधाम–जनकपुरधाम सडकखण्डमा सडक बनाउने भन्दै ठेकेदारले सडकमा अत्यधिक धुलो उडदा पनि कुनै चासो नदेखाएको भन्दै चक्काजाम गरेको हो ।
सडकमा अत्यधिक धुलोका कारण आम नागरिकहरुको स्वास्थ्यमा गडबडी समेत हुन थालेको भन्दै दैनिक रुपमा पानी नछेर्के वा दीर्घकालिन विकल्प ठेकेदारले नलिएसम्म चक्काजाम जारी गर्ने बताईएको छ ।
यसको लागि ठेकेदार पक्ष, नगरपालिका पक्ष र प्रशासन पक्ष सहित स्थानीयहरु पक्ष गरी चौपक्षिय बैठक दिउँसो ३ बजे बस्ने भएको छ । ३ बजेको बैठकबाट समस्या समाधानको बाटो नखुले बाटो पुनः ३ बजेदेखि अवरुद्ध गर्ने चेतावनी स्थानीयवासीहरुले दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…