'तिरहुतको वकालत गर्नु जनकपुर प्रतिको बेईमानी'
जनकपुरधामलाई ओझेलमा पार्ने दुस्सहास गरि रहेको भन्दा कुनै अतिशयोक्ति हुँदैन ।
२०७६ चैत ६ बिहीबार, बिहान १०:०० बजे२ मिनेट पढाइ

प्रदेश नं. २ले स्थायी राजधानी र नाम पाउन नसके पछि बुधवार समाजिक संजालमा यो विषयले वेश चर्चा पायो ।
बुधवार समाजिक संजालको ट्रेन्डिङ्खको उत्कर्षमा पुगेको यो विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पोष्टले थप एउटा तरंग थपि दियो ।
डा. भट्टराईको पोष्टमा समर्थन र विरोधमा कमेन्ट गर्नेहरुको लामो लाईनमा एउटा कमेन्टले मलाई जनकपुरको विषयमा लेख्न बाध्य बनाएको छ ।
डा. भट्टराईकै पूर्व सहकर्मि पूर्व मन्त्री राम चन्द्र झाले मिथिलाको वकालत गर्दै प्रश्न गर्नु भएको छ –
‘तपाईं मधेसको एउटा भावनात्मक आवेगबाहेक ऐतिहासिक र सांस्कृतिक आधारको पुष्टि गर्न सक्नुहुन्छ रु यस्तै, मिथिलाको अस्तित्वलाई नकार्न सक्नुहुन्छ रु गण्डक र कोसीबीचको भूभाग नान्यदेवले स्थापना गर्नुभएको छैन रु के विभिन्न ऐतिहासिक कालखण्डमा विदेह, मिथिला र तिरहुत इत्यादि नाउँले चिनिएको होइन ?”
उहाँको प्रश्नमा एउटा अडान स्पष्ट रुपमा देखिएको छ । मिथिला अर्थात तत्कालिन नान्यदेव शासित तिरहुत को गौरब गाथालाई स्थापित गर्नु ।
तिरहुतकोको इतिहासमा जनकपुरको चर्चा गरिएको आज सम्म मैले कुनै कितावमा पाएको छैन । तिरहुतको आफनो सवल इतिहास छ तर त्यसमा जनकपुर छैन ।
तिरहुत राज्यको वकालत गर्नेहरु जनकपुरधामलाई ओझेलमा पार्ने दुस्सहास गरि रहेको भन्दा कुनै अतिशयोक्ति हुँदैन ।
जब हामी नान्यदेवकालिन मिथिला (तिरहुत) को चर्चा गर्दछौ भन्ने सिम्रौनगढ ९जसको अवशेष अझै कायम छ०लाई स्वीकार्नु पर्ने हुन्छ । जुन कुरा यहाँको बासिन्दाले चाहेको छैन ।
जनकपुरको इतिहास रामायणकालिन राजा जनकको मिथिला संग जोडिएको छ । राजा जनककै मिथला संग जोडिएका कारणले जनकपुर विश्वमा स्थापित पनि भएको छ । यसैमा हामी जनकपुरबासीलाई एक जुट हुुनु आवश्यक छ ।
नान्यदेव कालिन मिथिला तिरहुतको चर्चा गर्नु हुने पूर्व मन्त्री झा ज्यूको अभिव्यक्तिले जनकपुर राजधानी पारित किन भएन भने प्रष्ट भै सकेको छ ।
अव यस विषयमा आफनो गोरुको बाह्रै टका भन्नेहरुलाई म केही भन्न चाहदिन तर जनकपुर बासीले यसको जवाव अवश्य दिने छन भनि विश्वास लिएका र्छौ ।
आतिश मिश्र
जनकपुरधाम
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…