विद्यार्थीहरु परीक्षा नदिएपनि पास गरिने
प्राथमिक विद्यालयहरूमा परीक्षा मार्च २३ र २८ को बीचमा निर्धारित गरिएको थियो।
२०७६ चैत ५ बुधबार, राति १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वमा माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको प्रकोपबाट बच्न कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई विना परीक्षाको पास गरिने भएको छ ।
भारतको उत्तर प्रदेश राज्यका सबै सरकारी प्राथमिक विद्यालयहरूको कक्षा एकदेखि आठ सम्मका विद्यार्थीहरूको कोरोना भाइरस प्रकोपको कारण परीक्षामा उपस्थित हुन नपाएपनि पास गरिने भारतीय सँचारमाध्यहरुले जनाएको छ ।
प्राथमिक विद्यालयहरूमा परीक्षा मार्च २३ र २८ को बीचमा निर्धारित गरिएको थियो।
आधारभूत शिक्षा विभागले सञ्चालन गरेको स्कूलमा अध्ययनरत कक्षा १ देखि ८ सम्म अर्को कक्षाको परीक्षा बिना सबै विद्यार्थीलाई पदोन्नति गर्ने आदेश जारी गरिएको छ।
“सबै विद्यालयहरू अप्रिल २ सम्म बन्द रहेका छन्,”– अतिरिक्त मुख्य सचिव शिक्षा रेणुका कुमारले आदेश जारी गरे ।
उत्तर प्रदेश राज्य सरकारले अप्रिल २ सम्म राज्यका सबै शैक्षिक संस्था, सिनेमा, मल्टिप्लेक्सहरू र पर्यटक स्थलहरू बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस फैलिने सम्भावनाको हदसम्म घर–घरको प्रोटोकल लागू गर्दै प्रतिस्पर्धी र अन्य परीक्षा पनि अप्रिल २ सम्म स्थगित गर्ने निर्णय गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…