प्रदेश २ः अविवाहित किशोरी वा युवतिले मोबाईल बोक्न नपाउने
अध्ययापन बीचमै छाडेर कम उमेरमै भाग्ने क्रम बढेको भन्दै त्यस्तो गरेको बताउनुभयो ।

२०७६ चैत ५ बुधबार, राति ९:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईलकै कारण कमै उमेरमा भाग्ने (पोइ जाने) क्रम बढेपछि किशोरी र युवतिलाई मोबाईलत प्रतिबन्ध गरेको छ ।
प्रदेश नं. २ को बारा जिल्लाको एक नगरपालिकाको एक वडाले सो नियम लगाउने निर्णय गरेको हो । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ मा अविवाहित किशोरी वा युवतिलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ ।
बुधबार (आज) बसेको वडास्तरीय बैठकले अभिभावकहरुको गुनासोलाई मध्यनजर गर्दै वडाभरिमा कम उमेरका किशोरी वा विवाह पूर्व कुनै पनि किशोरी, युवतिले मोबाइल बोक्न पाउने छैन् ।
कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगिएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बताउनुभयो ।
‘सरकारले विवाहको उमेर २० वर्ष तोकेको छ तर एक महिनामा मात्रै विभिन्न टोलबाट कैयौं १२÷१४ बर्षकी किशोरीहरु भागिन। छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउँछन्’ । त्यही भएर नियम लगाएका छौं ।' – वडाध्यक्ष कुर्मीले बताउनुभयो ।
उहाँले विवाहितले भए आफ्नो माइतीमा फोन गर्नुपपर्ने हुन्छ तर अविवाहित किशोरीहरु आफ्नो अध्ययन अध्ययापन बीचमै छाडेर कम उमेरमै भाग्ने क्रम बढेको भन्दै त्यस्तो गरेको बताउनुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…