Breaking News - एसईई परीक्षा पनि स्थगित !
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जनाईएको छ । एसईई परीक्षा चैत ६ गतेदेखि अर्थात भोली विहिबारदेखि तोकिएको थियो । यसअघि सरकारले

२०७६ चैत ५ बुधबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जनाईएको छ ।
एसईई परीक्षा चैत ६ गतेदेखि अर्थात भोली विहिबारदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
आजै त्यही समितिले गरेको निर्णयको बुँदा नम्बर १२ मा परीक्षाहरु यथावत राखी बालविकास, आधारभूत , मावि विद्यालयहरु भने चैत्त मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरिएको थियो ।
यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…