मैथिली भाषाको नयाँ म्यूजिक भिडियो 'दिलके डायरी' सार्वजनिक
लगानी र मेहनेतको अभावमा ओझेलमा परेको मैथिली ईन्डष्ट्रीलाई उकास्न यो गीतले मद्दत पुग्ने विश्वास निर्माण टिमको छ ।

२०७६ चैत ५ बुधबार, बिहान ११:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीति म्यूजिक भिडियो दिलके डायरी सार्वजनिक भएको छ ।
कयौं भाषाका गीतमा आफ्नो आवाज सजाएर लोकप्रियता हाँसिल गरिसकेका नितिन गजुरेलको आवाजमा रहेको दिलके डायरीको म्यूजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । विद्यानन्द वेदर्दीको शब्दमा रहेको दिलके डायरीलाई रेडियो कान्तिपुरबाट प्रशारण हुने मैथिली भाषाको चर्चित कार्यक्रम हेल्लो मिथिलाबाट विधिवत् सार्वजनिक गरिएको छ ।
गीतको भिडियोलाई छिन्नमस्ता फिल्म नामक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा कमल सिंह, समिक्षा पोखरेल र गायक नितिन गजुरेलको अभियन रहेको छ । निर्देशन भने रेयन कार्कीको छ ।
फोरके क्वालिटीमा निर्मित दिलके डायरीको पोष्ट प्रोडक्सन एभी नेपालले गरेको छ । गीतमा संगीत कम्पोजिसन गायकै गजुरेलकै रहेको छ भने संगीत एरेन्जमेन्ट भूपेन्द्र राय माझीको रहेको छ ।
गीतमा गहिरो प्रेममा डुबेको अवस्थाको सभ्य शब्दले चित्रण गरिएको छ । गीत रिलिजसँगै निकै राम्रो रिस्पोन्स पाएको छ ।
लगानी र मेहनेतको अभावमा ओझेलमा परेको मैथिली ईन्डष्ट्रीलाई उकास्न यो गीतले मद्दत पुग्ने विश्वास निर्माण टिमको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…