कारोनासँग जुध्न नेपाल तयार हुनुपर्छ
विश्व नै यसबाट जुधिरहेको अवस्थामा नेपालमा आउदैन भन्नु नै कोरोना भित्राउनु हो ।
२०७६ चैत ४ मंगलबार, बेलुकी ७:०४ बजे२ मिनेट पढाइ

डिसेम्बर २१ बाट चिनको उहान सहरबाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै युरोपमा पुगेको छ ।
यस बिच अहिले सम्म १८७८१४ संक्रमित छन् भने ७४८० जनाको मृत्यु भएको छ । त्यस्तैगरि सफल उपचारबाट ८०९७६ जना कोरोना मुक्त भइ घर समेत फर्केका छन् । यस बिच विश्वमा कोभिड–१९ ले मच्चाएको तहल्काको उच्च जोखिममा नेपाल रहेको छ ।
विश्वको १६२ देशमा फैलेएको कोभिड१९ ले क्रमिक रुपमा विरामि थपेको छ भने । आम जनजिवन तथा खाध्यान्न संकट उत्पन्न भएको छ ।
नेपाल किन जोखिममा
१६२ देशमा फैलिएको कोभिड–१९ ले क्रमिक रुपमा बढ्दै जानुले नेपाल लाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा भनेको छ भने नेपाल आर्थिक तथा चेतनाको दृष्टिले पनि कमजोर मुलुक हो ।
विश्व नै यसबाट जुधिरहेको अवस्थामा नेपालमा आउदैन भन्नु नै कोरोना भित्राउनु हो । अहिले सम्म नेपालमा संक्रमित नदेखिनु र जनचेतनाका कार्यक्रम नरहनु र सरकार स्वयंले आलटाल गरेर कोरोना भित्राउन खोजेको देखिन्छ ।
चिनको उद्धमस्थल उहान देखि नेपाल संगै खुल्ला नाका रहेको भारतमा समेत ३ जानाको मृत्यु भएको छ भने १३१ं संक्रमित पुष्टि भएको छ । यता स्वसल साईटमा भने कोरोना सम्बन्धी अफवाह र ट्रोल मात्र बनिरहेको छ ।
जुन कुराले नेपालि सम्यमित नरहेको पुष्टि हुन्छ । सरकारले गरेको कार्यले देशले यसबाट ठुलै क्षेति खेप्ने आङ्कलन सहर्ष गर्न सकिन्छ ।
नेपालले के–के गर्न पर्ने ?
यस्तो अवस्थामा प्राथमिक हेल्थ डेक्स स्थापना गराई सरकारले त्यसको प्रभावकारीतामा ध्यान दिनु जरुरि छ । स्थानीय, प्रान्तिय र संधिय तहको सहकार्य तथा आवश्यक बस्तु विक्रिवितरणमा उपभोक्ता समितिहरुको सक्रियता बढाउनु पर्दछ ।
नेपाल भित्रिएका नेपालि यात्रु तथा नेपालि नाका बाट आबत जाबत ठप्प पार्न आवश्यक कदम चाल्न पर्ने । देशका बिभिन्न स्थानलाई क्वारेन्टाइनको नामाकरण गर्ने र स्कुल , कलेज र युनिभर्सिटीलाई केहि दिनका लागि बन्द गर्ने ।
चलि रहेको परिक्षा तथा अन्यसभा सम्मेलनलाई रोक लगाउने । अति आवश्यक बस्तुको आपूर्ति सहज बनाउने तथा वेक्ति हिसाबले वस्तु बिक्री ( बितरण गर्न हरेक पसल र स्टोरलाई सुचिकृत गर्ने ।
सार्बजानिक स्थल , बस , माइक्रो तथा अन्य आवत जावत स्थानमा हातधुने तथा स्यानिट्राईजर को व्यवस्था गर्ने । आपत्कालिन सेवा तथा सुविधा उपलब्ध गराउने सरकारका सम्बन्धित तहलाई स्टेन अन रहन आदेश दिने ।
नेपालि सेना, प्रहरि तथा स्वयमसेवकलाई सचेतना गर्न र गराउन अपिल गर्ने । बुढा पाखालाई कुनै समस्या आउने बित्तिकै नजिकको अस्पतालमा भर्ना हुन लगाउने तथा कोरोना संक्रमित भेटिए तुरुन्त सम्पर्कका व्यक्तिको नमुना परिक्षण गर्ने तथा गराउनु पर्ने ।
स्वास्थ्यकर्मी तथा डाक्टरहरुलाई सहज र सरल कार्य गर्न उधोगहरुको समन्वयमा प्रिभेन्सन किट प्रदान गर्ने व्यवस्था गर्ने गराउनु पर्दछ ।
अहिले सम्म कुनै कोरोना केस पोजेटिभ नदेखिएता पनि सचेत तथा स्वास्थ्य सेवाको लागि सरकार अडिग रहन पर्दछ । देशको आर्थिक तथा सामाजिक दृष्टिकोणबाट सबैलाई होसियार रहन र जनचेतना फैलाउने काम गर्न सरकारले हेल्चेकराई गर्न भएन ।
दिवाकर उप्रेती
काठमाडौं
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…