कान्छी भाउजुसँग थियो अनैतिक सम्बन्ध, जेठीलाई काटे !
सोही सम्बन्ध बाहिर आउने डरले राजु सहनीले भाउजू पुनम सहनीको हत्यागर्ने प्रयास गरेको स्रोतको दाबी छ ।

२०७६ चैत ४ मंगलबार, दिउँसो ३:०३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै भाउजु उपर खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा देवर पक्राउ परेका छन् ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नं. १ बस्ने धनै सहनिको छोरा राजुकुमार सहनी आफनै भाउजुको हत्याको प्रयास गरेको पोल खुलेको छ।
अनैतिक सम्बन्धको कारण भाउजूको हत्याको प्रयास गरेको खुलेको हो । ईलाका प्रहरी कार्यालय गरुडामा आज पत्रकार सम्मेलनको आयोजना गरि डिएसपी ज्ञानकुमार महतोले अभियुक्त राजुकुमार सहनिलाई सार्वजनिक गरेका हुन ।
सहनीले वैदेशिक रोजगारीमा रहेका दाईको श्रीमती पुनमकुमारी सहनी माथी धारिलो हतियार खुकुरी प्रहारगरि हत्याको प्रयास गरेको डिएसपी महतोले बताएका छन ।
हाल घाइते पुनमको बिरगंज स्थित एलएस न्युरो अस्पतालमा उपचार भैईरहेको र उनको टाउकोको अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको पत्रकार सम्मेलनमा डिएसपी महतोले जानकारी दिएका छन ।
आरोपी राजु सहनी उपर ज्यानमार्ने उधोग मुद्दा दर्तागरी जिल्ला अदालत गौर बाट म्याद थपगरी अनुसन्धान गरिरहेका डिएसपी ज्ञानकुमार महतोले बताएका छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…