मधेसीयता नेताः महामारीको लक्षण !
नेपालमा मधेसी पार्टीको दल होइन मधेसको नाममा दलाली गर्ने पार्टी मात्र हुन ।
२०७६ चैत ४ मंगलबार, बिहान १०:०२ बजे२ मिनेट पढाइ

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसर भन्दा पनि खतरनाका यदि कोइ छ भने त्यो हो मधेशवादी दलहरु । कोराना भाइरसले मानिस लाई क्षति गर्छ तर मधेसीवादी दलले त पूरा मधेसी जनतालाई क्षति गर्दै आएका छ्न ।
प्रदेश नं. २ का सांसद लाई जुत्ता ,चप्पल ,ल्यापटप ,पोसाक र गाडी फ्री तर जुन सहिदको नाम भोट लिएर प्रदेश सरकार बनाए उसको लागि भैंसी दिएर ५० लाखको अशुवासन दिएर आफैं मोज गर्दै छ्न प्रदेश सरकार ।
नेपालमा मधेसी पार्टीको दल होइन मधेसको नाममा दलाली गर्ने पार्टी मात्र हुन ।
मधेसको नाम बेचेर आफ्नो स्वार्थ पुरा नेता छन मधेसी पार्टी हो भनेर मधेसको जनतालाई भ्रममा पारेर आफ्नो खुर्सी सुरक्षित हुन लगायत सबै मधेसी जनताको मुद्दा बिर्सने अहिले दुई साल देखी सरकारमा छन राजपा र समाजबादी पार्टी तर के बिकास भएको छ ।
कोइ त केहि उपलब्धि मधेसी जनता लाई भयो मात्रै उपलब्धि भयो मधेसी आफ्नो आफ लाई कहालाउने नेता लाई भएको हो ।
मधेसी नेताले देश सँग राजनीति खेलेको छैन, मधेसी जनता राजनीति खेलेको छ । छ महिना मधेस आन्दोलनले गर्दा त उपलब्धि जनता लाई भएन यताको मधेसी पार्टी लाई उपलब्धि भएको छ ।
प्रदेश नं. २ मा सरकार पनि बनाउने सफलको साथ बनाउनु सके साथैमा केन्द्र सरकार पनि मन्त्रालय बस्ने मधेसी पार्टीको नेताहरुको सपना पूरा भयो तर मधेसी जनताको सपना पूरा भएन ।
प्रदेश नं. २ सरकार भएपनि काम कम र भ्रष्टाचार बढी भएको छ । छ महिना मधेस आन्दोलनले फाइदा जनता लाई भएन मधेसी नेता लाई भएको छ्न मन्त्रालयको गाडीमा आराम ले घुम्ने सकिन्छ तर जो जो सहिद भएको छ उसलाई भैंसी दिएको छ ।
न हक दिलाउने सके मधेसी पार्टीको नेताहरु मधेसी जनताको तर आफू बस्ने लाई ठुलो ठुलो घर र पैसा कमाउने सफल भयो तर सहिद परिवारले आफ्नो कमाउने गरेको सर्वविदितै छ ।
मधेशमा महामारीको लक्षण भनेको मधेशवादी दलका नेताहरु नै हुन । जसले परिजीवी भएर मधेशी जनताको जीवनमा लागेको देखिएको छ ।
आदर्श मण्डल
विद्यार्थी
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आदर्श मण्डल
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…