जनकपुरः युवक उपर साँघातिक आक्रमण, धरान रिफर
आक्रमण गरि फरार व्यक्तिहरुको खोजी कार्य तीव्र

२०७६ चैत २ आइतबार, बिहान ११:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको महेन्द्रनगरमा एक युवक उपर साँघातिक आक्रमण गरिएको छ ।
प्रदेश नं. २ को धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार स्थित स्थानीय एक युवक उपर अज्ञात व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
सखुवा बजार स्थित रहेको आफ्नो औषधी पसलमा बसिरहेकै बेला स्थानीय महेशलाल कर्णको अन्दाजी बर्ष २२ का छोरा शशिलाल कर्ण उपर अज्ञात व्यक्तिले एक्कासी आक्रमण गरी फरार भएका हुन् ।
शनिबार बेलुकी करिब ८ः३० बजेको समयमा आफनै पसलमा बसिरहेकै अवस्थामा दुई व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार अज्ञात युवकहरु अपाचे मोटरसाईकलमा सवार भएर आएका थिए ।
पसलमा जबरदस्ती पसेर मोटरसाईकलको हेल्मेटले एक्कासी टाउकोमै आक्रमण गरेपछि कर्ण बेहोस भएका थिए । आक्रमण गरी ती अज्ञात युवकहरु भाग्न सफल भएको स्थानीयहरुले बताए ।
कर्ण बेहोस भएको अवस्थामा उनलाई केही बेरमै जनकपुरको प्रादेशिक अस्पतालमा पुरयाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागी पठाइएको प्रहरीले जनाएको छ ।
यता, आक्रमण गरि फरार व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…