ईन्डो-नेपाल बोर्डर सिल !
नेपालीहरुको लागि भने परिचय पत्र देखाएर भारत आवतजावत गर्न सक्ने सुविधा छ ।

२०७६ चैत २ आइतबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल र भारतको सीमासँग जोडिएको नाकाहरु आज (आईतबार) देखि बन्द गरिएको छ ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै त्यसबाट जोगिनको लागि आज राती १२ बजेदेखि नै नेपाल भारतको सीमा नाकाहरु सील गरिएको छ ।
नेपाल, भुटान, बँगलादेश र म्यानामारसँग जोडिएको विभिन्न २० नाकाहरु भारतले बन्द गरेको हो । सीमा नाका सील भएपछि नेपाल भारतबीचको बजार व्यापार केही दिनको लागि प्रभावित हुने भएको छ ।
कोरोना भाइरसको महामारी रोकथाम हेतु भारत सरकारले नेपालसँग जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज बाहेका अन्य सबै नाकाहरु बन्द गरिएको हो ।
भारतसँग जोडिएको धनुषाको इनरवा–जयनगर, नवटोली–देवधा, महुवा–देवधा, महिनाथपुर, दुहबी–छतौनी, भररीया, जटही नाका लगायतका नाकाहरु बन्द गरिएको छ ।
अब नेपालीहरु सहित अन्य देशले भारत पुग्नको लागि वा आवत जावत गर्नको लागि उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिममा बँगालको रानीगञ्ज नाका मात्र प्रयोग गर्न सकिने भएको छ ।
भारत सरकारको गृहमन्त्रालयले अधिकारीले भारत प्रवेशको लागि भीसा प्रयोग नभएको देश नेपाल र भुटानको नागरिकहरुको लागि प्रवेश खुल्ला रहने बताइएको छ । तर, तेस्रो मुलुकका नागरिक भने आवतजावत गर्न नपाइने भएको छ ।
प्रवेश अनुमति पाएका देशका नागरिकहरुले भारत प्रवेश गर्दा अनिवार्य रुपमा परीचय पत्र देखाउनुपर्ने भएको छ । यसका साथै अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ ।
तराई मधेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा सहित अन्य जिल्लाहरुका आम नागरिकले भारतीय बजारमा आकर्षित रहेको छ । दैनिक उपभोग्य वस्तुको लागि भारतको गन्तव्य अनिवार्य भएको छ ।
नेपालीहरुको लागि भने परिचय पत्र देखाएर भारत आवतजावत गर्न सक्ने सुविधा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…